सितलहर बढेपछि महोत्तरीका ७ पालिकाका विद्यालय बन्द


महोत्तरी – बाक्लो हुस्सु र सितलहर वढेपछी महोत्तरीमा सामुदायिक विध्यालय धमाधम बन्द हुन थालेका छन् । अत्याधिक जाडो वढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् ।

अहिलेसम्म जिल्लामा ७ पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ । बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेस्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका गरि ७ पालिकाहरुमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।

सोमबारदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन् । मट्टिहानी नगरपालिकाले भने २० गतेबाट बिदा दिने शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया