२४ घण्टामा थप आठ जना कोरोना संक्रमित, दुई निको


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ संक्रमित थपिएका छन् । एक हजार ४३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर दुईजना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

प्रतिक्रिया