

सिके राउत पनि बालकोट पुगे

काठमाडौं — जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट गएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चार दलको बैठक बसिरहेको बेला उनलाई पनि बोलाइएको हो ।
एमाले, माओवादी र रास्वपाका नेताहरुबीच छलफल चलिरहेका बेला राउतलाई पनि बोलाइएको हो । राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँदै आएका छन् । यसअघि सत्ता गठबन्धनसँग मिसिन तयार भएका राउत प्रचण्डले गठबन्धन छाडेपछि बालकोटतिर लागेका हुन् ।

