

माधव नेपालको बिफ्रिङ : प्रचण्ड सल्लाह नै नगरी बालकोट पुगे, यथास्थितिमा एमालेसँग कुनै सहकार्य हुँदैन

काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूहरूसँग सल्लाह नगरी बालकोट पुगेको बताएका छन् ।
पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले आइतबार यस्तो बिफ्रिङ गरेका हुन् । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी गठबन्धनमा टुटेपछि अन्योलमा परेको छ ।
नयाँ सरकार गठनमा एमाले माओवादी सहकार्य हुने भएपछि नेकपा एस अलपत्र परेको हो । यद्यपि, यथास्थितिमा एमालेसँग कुनै सहकार्य नहुने अध्यक्ष नेपालको बिफ्रिङ छ । उनले अब कांग्रेससँगको सहकार्य टुङ्गिएको पनि सो क्रममा बताए ।

