गठबन्धन शीर्ष नेताको बैठकबीच देउवाले बोलाए निर्वाचित सांसदको भेला !


काठमाडौं – कांग्रेस सभापति शेरबहादु देउवाले कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको भेला बोलाएका छन् ।

सभापति देउवाले नयाँ सरकार गठनका बारेमा सांसदहरुसँग राय लिनका लागि भेला बोलाएको जनाइएको छ ।

गठबन्धनका तीन शीर्ष नेताको छलफलपछि देउवाले सांसदहरुको भेला बोलाएकोले शीर्षनेताबीच सरकार गठनबारे निर्णय भइसकेको अनुमान गरिएको  छ ।

बालुवाटार स्रोतका अनुसार देउवाले प्रधानमन्त्रीमा को पहिलो भन्ने विषयमा निर्णय लिनका लागि सांसदहरूको भेला बोलाएका हुन् । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्हमा हुने कांग्रेस सांसदहरुको भेलाबाट प्रधानमन्त्री को पहिलो ? भन्ने बारेमा प्रधानमन्त्रीज्युले राय लिनु हुनेछ ।’

प्रतिक्रिया