
बैठकस्थलबाट बाहिरिए प्रचण्ड
काठमाडौं – सरकार गठनबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठक स्थलबाट बाहिरिएका छन् ।
पहिले माओवादीले प्रधानमन्त्री पाउनु पर्ने अडान राख्दै बालुवाटार पुगेका प्रचण्ड छलफलपछि बाहिरिएका थिए ।
सरकार निर्माणबारे बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । पछि बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल पनि पुगेका थिए ।
सत्तारुढ गठबन्धनमा आलोपालो सरकार बनाउँदा कसले पहिला नेतृत्व लिने भन्ने विवाद रहेको छ ।
नेपाली कांग्रेसले जनमतको आधारमा आफूले नै प्रधानमन्त्री र राष्ट्रपति पद पाउनुपर्ने अडानमा छ भने माओवादीले पूर्व समझदारी अनुसार प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेको छ ।



कागजपत्र |
