इस्लामावाद आत्मघाती आक्रमण : २ जनाको मृत्यु, ८ घाइते


काठमाडौं – शुक्रबार बिहान भएको आत्मघाती बम आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका प्रवक्ता खालिद मसूदका अनुसार सबै घाइतेहरूलाई त्यस इन्स्टिच्युटमा सारिएको र घाइतेहरूमा चार प्रहरी र चार सर्वसाधारण रहेका छन्।

इस्लामावाद प्रहरी स्रोतका अनुसार अधिकारीहरूले तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) द्वारा राजधानीको परिसरमा बम विस्फोटको खतरा चेतावनी जारी गरेपछि राजधानीमा सुरक्षा उच्च सतर्कता अपनाइएको थियो।

योसँगै बढ्दो आतङ्कवादी गतिविधिलाई ध्यानमा राख्दै राजधानीमा थप सतर्कता अपनाउँदै इस्लामावाद प्रवेश गर्ने सबै सवारी साधनहरूको जाँच गरिरहेको छ। शुक्रबार बिहानको घटना इस्लामावाद र छिमेकी शहर रावलपिण्डीको सिमानामा रहेको सेक्टर १-१०-४ मा भएको हो ।

राजधानीको भीडभाड भएको थोक तरकारी तथा फलफूल बजार जहाँ हजारौं क्रेता बिक्रेताहरू हरेक दिन आउने गर्दछन् । इस्लामावाद प्रहरीले सूचना जारी गर्दै सो क्षेत्रमा नियमित जाँचको क्रममा एउटा कारलाई रोकिएको र कारबाहीबाट बच्नका लागि हमलाकारीले आत्मघाती विस्फोट गराएको बुझिएको छ।

प्रतिक्रिया