

जनघातक अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठाः डा. तोसिमा कार्की

ललितपुर — प्रतिनिधिसभा सांसद डा. तोसिमा कार्कीले सरकारले जारी गर्न लागेको अध्यादेश जनघातक भएको बताएकी छिन् । ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी डा. कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले बहुमत पुर्याउनकै लागि ल्याउन लागेको अध्यादेश जनघातक भएको बताउँदै कुर्सी मोहको पराकाष्ठा भएको बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत डा. कार्कीले, अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन यो कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने सम्मको निर्लज्ज कुर्सी मोहको पराकाष्ठा १ अनि यहि नेतृत्वबाट हामीले जनताको लागि के अपेक्षा गर्ने ?’ भन्दै प्रतिप्रश्न गरेकी छिन् ।
उनले लेखेकी छिन्,
बहुमत पुर्याउनकै लागि कुन हद सम्म जान सक्ने ?
अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन यो कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने सम्मको निर्लज्ज कुर्सी मोहको पराकाष्ठा ! अनि यहि नेतृत्वबाट हामीले जनताको लागि के अपेक्षा गर्ने ?
विधिको शासनलाई आफू अनुकुल नचाउन दिईनु हुदैन । देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ । तत्काल यो अध्यादेश सच्याईयोस् खारेज गरियोस् !!

