यी ५ दलित उम्मेदवार, जो बन्दैछन् कांग्रेसबाट प्रतिनिधिसभा सांसद


काठमाडौं — सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा दलित तर्फबाट प्रत्यक्षमा कसैलाई पनि उम्मेदवार नबनाएको नेपाली कांग्रेसबाट ५ जना समानुपातिकमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा एक पुरुषसहित ५ जना दलित उम्मेदवारहरु प्रतिनिधिसभा सदस्यका लागि निश्चित प्रायः भएको छ ।

आयोगले आज (सोमबार) समानुपातिकमाध्यमबाट निर्वाचितहरुको नाम सार्वजनिक गर्ने जनाउँदै प्रतिनिधिसभा तर्फ दलहरुले बुझाएको सूचीमा कुनै त्रुटी नभएको जानकारी दिएसँगै उनीहरु निर्वाचित हुने पक्का भएको हो ।

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्ने दलित सांसदहरुमा जीवन परियार एकमात्र पुरुष उम्मेदवार रहेका छन् । उनी प्रत्यक्षतर्फ नै उम्मेदवारको दाबेदार रहेका परियारलाई अन्तिम समयमा आएर समानुपातिक सूचीमा समावेश गरिएको थियो । उनी कास्कीबाट प्रतिनिधित्व गर्दछन् ।

त्यस्तै चितवनकी शान्ति परियार विक, कपिलवस्तुकी रुपा विश्वकर्मा, नुवाकोटकी सिता मिजार र बाँकेकी आशा वि.क. पनि समानुपातिक सूचीमा परि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदैछन् ।

प्रतिक्रिया