

एमालेले छान्दै ३४ समानुपातिक सांसद

काठमाडौं — नेकपा एमालेले आज समानुपातिकका ३४ सांसदको नाम टुंगो लगाउने भएको छ ।
समानुपातिक उम्मेदवारको नाम फाइनल गर्ने मुख्य एजेण्डासहित सचिवालय बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।
उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।
निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।
एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

