

काठमाडौंका धारामा आजदेखि मेलम्चीको पानी

काठमाडौं — मेलम्चीको पानी तेस्रोपटक उपत्यकाका धारामा पुग्दैछ ।
गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छाड्ने जनाइएको छ ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उनले यसपटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए ।

