
स्याङ्जा-२ : आधा मतगणना सकिदा २२३८ मतान्तरसहित धनराज गुरुङको अग्रता
काठमाडौं – स्याङ्जा-२ मा आम निर्वाचन सकिएको १२ औं दिनपछि सुरु भएको मण्गणनामा खसेको मतको आधा मत गणना भइसकेको छ ।
पछिल्लो मतपरिनाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १५ हजार ८०५ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले १३ हजार ५६७ मतसिहत पछ्याइरहेका छन् ।
गुरुङ र अर्यालबीच २ हजार २३८ मतान्तर रहेको छ । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ५ हजार ९९२ मत प्राप्त गरेका छन् ।
स्याङ्जा-२ मा ७० हजार १९१ मत खसेकोमा हालसम्म ३६ हजार ९७६ मतगणना सम्पन्न भएको छ ।



कागजपत्र |
