प्रमुख आयुक्त थपलिया भन्छन् – वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ


काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नरहेको बताएका छन् । शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् ।

‘हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौं । अब छिट्टै नयाँ कानुनद्वारा निर्वाचनको व्यवस्था गरिनुपर्छ भन्ने व्यापक तयारी गरिरहेका छौं । सम्भवतः यो नयाँ संसद्‍को नयाँ अधिवेशनमा नयाँ कानुनको मस्यौदा पेस हुनेछ,’ उनले भने ।

थपलियाले निर्वाचन अधिकृतहरूलाई काम गर्ने सिलसिलामा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे । यसपटकको आमनिर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउँदै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिए ।

प्रतिक्रिया