

काँग्रेस उपसभापति खड्का र प्रचण्डबिच भेटघाट, के भयो कुराकानी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भेटघाट गरेका छन् । उपसभापति खड्काले आज खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटबार्ता गरेका हुन् ।
प्रचण्डको निजी सचिवालयका अनुसार भेटका क्रममा खड्काले गोरखाबाट निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका थिए । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भेटमा राजनीतिक कुराकानी भएरनभएकोबारेमा कुनै जानकारी नभएको बताए ।
सत्ता गठबन्धनले नयाँ सरकार बनाउने तयारी गरिरहेको छ । प्रचण्ड पहिलो चरणमै नेतृत्वको दाबेदार छन् ।

