

कपिलवस्तु–३ मा एमालेका गुप्ता विजयी

कपिलवस्तु – कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मङ्गलप्रसाद गुप्ता विजयी भएका छन् । उनी तीन हजार छ सय ३७ मतान्तरले विजयी भएका हुन् ।
गुप्ताले २२ हजार छ सय १९ मत पाउँदा उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अभिषेकप्रताप साहले १८ हजार नौ सय ८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

