

मोरङ २ मा कोइरालालाई पराजित गर्दै एमालेका पोखरेल विजयी

विराटनगर – मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएकी नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका छन् ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी कोइरालालाई एक हजार २०८ मतको अन्तरले पोखरेलले पराजित गर्दै विजयी भएकी हुन् । पोखरेलले ३३ हजार १४८ मत ल्याइ विजयी हुँदा उनको प्रतिद्वन्द्वी कोइरालाले ३१ हजार ९४० मत ल्याएका छन् ।
विजेता पाखरेलले २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । तर उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए।
उपविजेता बनेकी कोइराला कांग्रेसका प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । गिरिजाले यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्रीसमेत बनेका थिए ।

