

रवि नेतृत्वको पार्टीले ४ लाख कटायो, एमाले कांग्रेसभन्दा साढे ३६ हजार मतले अगाडि

काठमाडौं। समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । बिहान ६ बजेसम्म एमालेले आठ लाख ७९ हजार १४२ मत प्राप्त गरेको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७२५ मत प्राप्त गरेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार कांग्रेस एमालेभन्दा ३६ हजार ४१७ मतले पछि छ ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चार लाख मत कटाएको छ । उसले चार लाख ३२ हजार ६५ मत पाएको छ ।
नेकपा (माओवादी केन्द्र) चार लाख ९६४ मत ल्याएर चौथो स्थानमा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ३३ हजार ७ मत पाएको छ । जनता समाजवादी पार्टीले एकलाख १२ हजार ५४०, जनमत पार्टीले ६७ हजार १२२ मत प्राप्त गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)ले ६१ हजार ८७९, नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ५५२ मत प्राप्त गरेको छ ।
नेपाल मजदुर किसान पार्टीले ५६ हजार १६५, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ५१ हजार १९१ मत प्राप्त गरेको आयोगले जनाएको छ । अन्य पार्टीहरूको मत ३० हजारभन्दा कम छ ।

