

दाङ-३ मा कांग्रेसका गिरी विजयी, ७ हजार ८१० मतले ओली पराजित

दाङ – दाङ–३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए ।
पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो । उनी ०७० सालमा चुनाव जितेर सिँचाइ मन्त्री भएका थिए । ०७४ सालमा भने उनी एमालेका हिराचन्द्र केसीसँग पराजय भएका थिए ।

