नेकपा एमालेका योगेश भट्टराई २०४ मतले विजयी


ताप्लेजुङ – ताप्लेजुङबाट प्रतिनिधि सभामा नेकपा एमालेका योगेश भट्टराई विजयी भएका छन् ।

मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीलाई २०४ मतले पछि पार्दै भट्टराईले जितेका हुन् । भट्टराईले २१ हजार ९४२ मत पाए । माओवादीका खेलप्रसाद २१ हजार ७३८ मा रोकिए ।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया