

चितवन–१मा स्वतन्त्र पार्टीका ढकाल ५ हजार बढी मतले अगाडि

चितवन – चितवन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार ४९ हजार ८ सय ८ गणना भइसक्दा ढकालले १८ हजार ५४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका डा. विश्व पौलेले १३ हजार ३६९ र नेकपा एमालेका सुरेन्द्र पाण्डेले १३ हजार २२६ मत ल्याएका छन् ।
यससँगै ढकाल ५ हजार १ सय ७७ मतले अगाडि रहेका छन् ।

