राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौं क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी भएका हन् ।

निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले दिएको जानकारी अनुसार उनका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गरेका छन् । केसीले एक हजार पाँच सय १५ मत अन्तरले विजयी चएका हुन् । प्रदेशसभा ‘२’ को पनि मतगणना भइरहेको छ ।

प्रतिक्रिया