एसियाली राष्ट्रका प्रमुख निर्वाचन आयुक्त नेपालमा


काठमाडौँ- भारत र भुटानका प्रमुख निर्वाचन आयुक्त नेपाल आएका छन्। आइतबार हुने संघीय संसद र प्रादेशिक तहको निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा सहभागी हुन भारतका राजीव कुमार र भुटानका सोनाम तोप्गे शुक्रबार काठमाडौं आइपुगेका हुन्।

भारतीय प्रमुख निर्वाचन आयुक्तको टोलीमा चार सदस्य छन्। यसअघि माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवद थोफिक बिहीबारै नेपाल आइसकेका छन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार बंगलादेशका प्रमुख निर्वाचन आयुक्त कजि हबिबुल अवल शनिबार नेपाल आउँदैछन्। त्यसैगरी जापानका विदेशराज्यमन्त्री ताकेई सुनसुके आइतबार नेपाल आइपुग्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए।

दक्षिण कोरियाका निर्वाचन आयुक्तको एक टोली पनि भोली नै काठमाडौ आउँदैछ। रुसको एक विज्ञ टोली चार दिनअघि नै आइसकेको छ।

निर्वाचन आयोगले अन्र्तराष्ट्रिय पर्यवेक्षणका लागि आह्वान गरेअनुसार बिभिन्न देशबाट पर्यवेक्षक आएका हुन्। आयोगका अनुसार नेपालस्थित विदेशी मुलुकका कुटनीतिज्ञ पनि निर्वाचन पर्यवेक्षणमा सहभागी हुनेछन्।

प्रतिक्रिया