रवीन्द्र मिश्रले भने : मेरो चुनावका लागि खर्च जुटिसक्यो अब सहयोग अहिलेलाई बन्द गरौँ है


काठमाडौँ- राप्रपाका उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर एकका प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रले अब आफूलाई कसैले आर्थिक सहयोग नगर्नुहुन आग्रह गरेका छन् ।

निर्वाचन खचृका लागि सार्वजनिक आव्हान गरेको सो यस अवधिका लगभग २५ लाख आर्थिक सहयोग जुटेकोले अव सहयोग बन्द गर्न उनले आग्रह गरेका हुन् । निर्वाचन आयोगको २५ लाखसम्म खर्च गर्न पाउने सीमा ताेकेको र आफू सोही सीमाभित्र रहेर निर्वाचन खर्च गर्ने पनि मिश्रले दाबी गरे ।

गत निर्वाचनमा पनि आफूले २५ लाखभित्र नै चुनाव खर्च गरेको स्मरण गर्दै मिश्रले आफ्नो चुनावी तयारी राम्रो भएको पनि बताएका छन् । साथै मिश्रले निर्वाचन खर्च सीमा निर्वाचन आयोगले तोकेभन्दा बढी हुने गरेको देखिएकोले अनुगमनलाई तीव्र बनाउन पनि आयोगलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया