देशभर थप २५ जनामा कोरोना पुष्टी


काठमाडौं – नेपालमा गत २४ घन्टामा २५ जना कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १८४५ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यमा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा २८ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् भने कुनै पनि संक्रमितले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छैन ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ५५ हजार २४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेको अवस्थामा नेपालमा ५६९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया