सन्दीप लामिछानेलाई थुनामा पठाउन आदेश


काठमाडौं – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।

गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् ।

बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए।

प्रतिक्रिया