सन्दीपलाई अनुसन्धानका लागि ४ दिनको म्याद थप


काठमाडौं – काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न थप चार दिन म्याद थपेको छ ।

अघिल्लोपटक थपिएको पाँच दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो ।

प्रहरीले सात दिनको म्याद मागेको थियो । तर अदालतले थप चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो ।

प्रतिक्रिया