डिजास्टर रिकोभरी केन्द्रमा आगलागी


हेटौंडा – हेटौंडाको डिजास्टर रिकोभरी केन्द्रमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित डिजास्टर रिकोभरी केन्द्रमा आगलागी भएको हो ।

आइतवार अपराह्न ३ बजेबाट लागेको आगो निभाउन हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकल प्रयोग भइरहेको छ । आगो नियन्त्रणमा लिन प्रहरी, नगर प्रहरी लागिरहेको छ ।

रिकोभरी सेन्टरमा बिजुली सर्ड भएर आगलागी भएको हुन सक्ने बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया