


देशभर थप ५९ जनामा कोरोना पुष्टी, १६१ संक्रमणमुक्त

काठमाडौं – नेपालमा गत २४ घन्टामा थप ५९ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा २८८२ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १६१ जना संक्रमण मुक्त भएका छन् भने कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर कसैले पनि कोरोनाविरुद्धको खोप लगाएको रिपोर्ट प्राप्त भएको छैन ।
अहिलेको अवस्थामा नेपालमा १८५० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

