


समानुपातिक सूची तयार गर्न माओवादी केन्द्ले बनायो कार्यदल

काठमाडौं – नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ ।
पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् ।
आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिष्ट गरेर पठाउन निर्देशन दिएको छ । प्रदेशबाट सर्ट लिष्ट भई आएपछि कार्यदलले फाइनल लिष्ट तयार गर्ने सचिव लीलामणि पोखरेलले बताए ।
कार्यदलले आफ्नो गृहकार्य गरेर तयार पारेपछि सोमबार बस्ने पदाधिकारी बैठकले अनुमोदन गर्ने भएको छ । सोमबारै माओवादीले समानुपातिक लिष्ट निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

