४ वर्षअघिकाे आदेश कार्यान्वयन गर्दै पोखरा महानगर, फेवाताल किनारका निर्माण सामग्री पनि जफत


काठमाडौं – पोखरा महानगरपालिकाले फेवाताल किनारको ६५ मिटर क्षेत्रभित्र निर्माणाधीन संरचनाको निर्माण सामग्री जफत गरेको छ ।

महानगरले करिब ४ वर्षअघि सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै शनिबार महानगरबाट खटिएका नगर प्रहरी, वडाका जनप्रतिनिधिको रोहवरमा ताल किनार वरिपरि निर्माण भइरहेका संरचनाका निर्माण सामग्री जफत गरेको हो ।

अबको एकहप्ताभित्र सबैलाई निर्माण कार्य रोक्न अल्टिमेटम दिइएको नगर प्रहरीका सई पुुरुषोत्तम थापाले बताएका छन् । उनले भने ‘यो सांकेतिक रुपमा मात्रै सामान उठाइएको हो । एक हप्ताको समय दिएर सूूचना दिएका छौं । थापाले एक हप्तासम्म अनधिकृत संरचना नहटाए महानगरले भत्काउने र खर्चसमेत जग्गा, संरचना धनीबाटै उठाइने बताए ।

०७५ वैशाख १६ गतेको सर्वोच्च अदालतको फैसलाले ६५ मिटर भूूभागमा निर्माण भएका अनिधकृत अस्थायी तथा स्थायी सबै प्रकारका संरचना हटाउन आदेश गरेको थियो । ६ महिनाभित्र फैसला कार्यान्वयन गर्न आदेश जारी भए पनि कार्यान्वयनमा भने आएको थिएन ।

प्रतिक्रिया