

डेंगु संक्रमितका लागि काठमाडौँ महानगरको २४ घण्टे हटलाइन सेवा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ। महानगरका मेयर बालेन्द्र शाहले डेंगु भएको शंका लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन्।
साथै संक्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर निस्शुल्क एम्बुलेन्स सेवा समेत लिन सकिने उनले बताएका छन्। यसैबीच, डेंगु तीव्र रूपमा फैलिएपछि काठमाण्डौको बुढानीलकण्ठ नगरपालिकाले आउँदो असोज ३ गते परेको संविधान दिवसको अवसर पारेर ‘स्टप डेंगु’ अभियान सञ्चालन गर्ने भएको छ।
टोल सुधार समिति र महिला समूहको सक्रियतामा ‘स्टप डेङ्गी’र‘लामखुट्टे भगाऔँ, डेंगु हटाऔंँ’ अभियान सञ्चालन गर्न लागेकाले सबैलाई सहभागी हुन महानगरपालिकाले अनुरोध पनि गरेको छ।

