एपीएफसँग पराजित गण्डकी बाहिरियो, असिफ खेले अर्धशतकीय पारी


काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टोली एपीएफले सहज जित निकालेको छ । बिहीबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो ।

एपीएफसँग पराजित भएसँगै गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा गण्डकीले जितका लागि दिएको १०६ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा ग¥यो ।

एपीएफका लागि असिफ शेखले अर्धशतकीय पारी खेले । ५६ बल खेलेका उनले ५ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाए । त्यस्तै, सुमित महर्जनले १८ रन जोडे । एपीएफका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ गण्डकीका लागि चन्द्र पौड्यल र विशाल पौड्यलले समान दुईरदुई विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रन बनाएको थियो । गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाउँदा विशाल पाड्य र दीपेश खत्रीले समान १५र१५ रन जोडे ।

बलिङतर्फ एपीएफका लागि कमल ऐरीले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेर तीन मेडन ओभर फालेर ११ रन खर्चे ।
त्यस्तै, अविनाश बोहोरा र शरद भेसवाकरले समान दुईरदुई विकेट लिए । किशोर महत्वले एक विकेट लिए ।

जितसँगै एपीएफले दुई खेलबाट ४ अंक जोडेको छ । गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया