‘जनतामा जाने कुरालाई प्रतिगमन भनियो, हामीले प्रतिवाद गर्नुपर्छ’


काठमाडौं – नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टले संसद् विघटन गरी जनतामा जाने निर्णय अग्रगामी भएको बताएका छन् ।

ओली समूह निकट नेपाल प्रेस संगठनले राजधानीको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरेको भेलामा बोल्दै उनले भने, ‘जनतामा जाने निर्णयलाई प्रतिगमन भनिएको छ । जनतामा जाने निर्णय प्रतिगमन नभइ अग्रगमन हो । हामीले यसको प्रतिवाद गर्नुपर्छ ।’

विष्टले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने कुरा संविधानमा उल्लेख नभएको दावी गरे । उनले आधिकारिक नेकपा केपी ओलीको नेतृत्वमा रहेको भन्दै आफूहरू सम्मिलित प्रेस संगठन पनि मुधारको भएको दावी गरे ।

प्रतिक्रिया