

शेयर बजारमा उछाल, ५ अर्ब माथिको कारोबार

काठमाडौं – आज कारोबार सुरु भएको तेस्रो घण्टा सम्म आइपुग्दा बजार ३१.४७ अंकले बढेर २३ सय ७४.२४ को विन्दुमा पुगेको हो ।
यो नेप्सेको अहिले सम्मकै उच्च विन्दु हो । अहिले सम्ममा कारोबारका लागि आएका कम्पनीहरु मध्य १३८ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
अहिले सम्म नेप्सेमा १ करोड २० लाख कित्तान शेयर खरिद बिक्री हुदाँ ५ अर्ब २९ करोड बराबरको कारोबार भएको छ ।

