क्यानद्वारा कप्तान सन्दीप निलम्बित


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन् । नाबालिगमाथि बलात्कार गरेको आरोपमा उजुरी परेपछि उनलाई निलम्बन गरेको क्यानले जनाएको छ ।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न अनुमतिसमेत लिएपछि क्यानले निलम्बन गरेको हो । क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया