काठमाडौं ९ बाट संघको प्रत्यक्षमा रञ्जित र समानुपातिकमा गिरीसहित १० सिफारिस


काठमाडौं – नेपाली कांग्रेस ९ नम्वर क्षेत्रिय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य ध्यान गोविन्द रञ्जितसहित ६ र समानुपातिकतर्फ पूर्वकेन्द्रीय सदस्य किरण गिरीसहित ४ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस काठमाडौं जिल्ला ९ नम्वर क्षेत्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ४ गते हुने संघीय संसदको समानुपातिकतर्फ पूर्वकेन्द्रीय सदस्य किरण गिरीसहित महाधिवेशन प्रतिनिधि दामोदर गौतम, बासु कार्की र क्षेत्रिय सचिव बन्दना खड्कालाई सर्वसम्मतले सिफरिस गरेको छ ।

यस्तै, बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य रञ्जितको नाम दुई नम्वरमा सिफारिस गरिएको छ भने क्षेत्रीय सभापति जयकृष्णमहर्जनको नाम एक नम्वरमा सिफारिस गरिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३ नम्वरमा केन्द्रीय सदस्य नानू बास्तोला, ४ नम्वरमा धर्मराज गौतम, ५ नम्वरमा पूर्वराज्यमन्त्री तीर्थराम डंगोल र ६ नम्वरमा महाधिवेशन प्रतिनिधि गौरीप्रसाद दवाडीको नाम सिफारिस गरिएको छ ।

प्रत्यक्ष र समानुपातिक दुबैतर्फ गरी १० जना उम्मेदवारको नामावली सिफारिस गरी पठाउने निर्णयमा केन्द्रीय सदस्यहरु ध्यान गोबिन्द रञ्जित, नानू बास्तोला र पूर्बकेन्द्रीय सदस्य किरण गिरीको सहभागिता र निर्णयमा हस्ताक्षर समेत भएको कांग्रेस काठमाडौं ९ नम्वर क्षेत्रीय सभापति महर्जनले जनाए ।

सो क्षेत्रबाट गठबन्धन दलको तर्फबाट कसैले पनि दाबी गरेको छैन । अघिल्लो संसदीय निर्वाचनमा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले कांग्रेस नेता रञ्जितलाई झिनो मतले पराजित गरेका थिए ।

 

प्रतिक्रिया