

काठमाडौं-४ बाट उम्मेदवार बन्न गगन थापाले दिए आवेदन

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ मा पुन: प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।
बुधबार उनले काठमाडौंको निर्वाचन क्षेत्र-४ मा उम्मेदवार बन्न आवेदन दिएका हुन् । यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।
कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसको बैठकमा कास्की कांग्रेसका सचिव भानु ढकालले कास्की १ बाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापालाई उठाउन प्रस्ताव गरेका थिए ।
थापा २०७० र२०७४ सालमा काठमाडौं–४ बाट निर्वाचित भएका थिए । आउदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

