सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी बर्खास्त


धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका राज्यमन्त्री चौधरीले पार्टी छाडेर एमालेमा प्रवेश गर्ने सूचना पाएपछि मुख्यमन्त्री भट्टले बर्खास्त गरेका हुन् ।

पार्टी प्रवेशका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आए पछि एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस क्रममा चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएको सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया