देशभर थप ३४८ मा कोरोना संक्रमण


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट एक हजार नौ सय ६९ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४४१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९६९ पुगेको छ।

त्यस्तै हालसम्म १९० जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख २१ हजार ७१४ जनाको पीसीआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया