हामी कसैको टाउको फुटाउन चहाँदैनौंः प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवालाई भड्काएको बताएका छन्। शाकाहारी नभई अर्को आन्दोलन गर्नुपर्छ, आफू पनि लाठी खान तयार रहेको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले त्यसो भनेका हुन्।

मंगलबार राजधानीमा भएको नुवाकोटका अगुवा नेता कार्यकर्तालाई सम्बोधनका क्रममा उनले भने,‘प्रचण्डले टाउको फुटाउन मन छ भनेछन्, हामी कसैको टाउको फुटाउन चहान्नौं, हिंसामा विश्वास गर्दैनौं।’

ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिए। निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरेका उनले भने,‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन म आग्रह गर्दछु ।’

पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन पनि गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको दाबी ओलीले गरे।

प्रतिक्रिया