त्रिवि शिक्षण अस्पतालमा ड्युटीमा रहेका कोभिड वार्डका डाक्टर भण्डारी कुटिए


काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित कोभिड वार्डमा कार्यरत डाक्टर सविन भण्डारी कुटिएका छन्। 

कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले भण्डारीलाई कुटेका हुन्। अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासका अनुसार निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ आएको र काठमाडौंको टेकुमा पोजिटिभ देखाएपछि आइसीयुमा राखेर उपचार हुँदै थियो।

पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारीपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको थियो। आईसीयूमा राखेर उपचार भइरहेको अवस्थमा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । डाक्टर दासका अनुसार मृत्युपछि रिपोर्ट लिन जादाँ ल्याबले इन्फ्लुएञ्जाको रिपोर्ट मात्र पठाएको थियो । सोही कारण मृतकका आफन्तले कोरोना नभएको मानिसलाई कोभिड आईसीयूमा राखेर मृत्यु भएको भन्दै डाक्टरलाई कुटपिट गरेका थिए।

प्रतिक्रिया