

भुवनको नियुक्तिविरुद्धको रिटमा न्यायाधीशद्वय ढुुंगाना र रेग्मीको इजलासमा सुनुवाई हुँदै

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त भुवन केसीविरुद्धको रिटमा आज सुनुवाई हुनेभएको छ ।
केसीको नियुक्तिको विषयलाई लिएर परेको रिट आज न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाई हुँदैछ ।
यसअघि साउन ३ गतेको पहिलो पेसीमा केसीको नियुक्तिको कारण देखाउ आदेश भएको थियो भने भदौ २ गतेको न्यायाधीशद्वय अनिल कुमार सिंन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको थियो ।

