डिजिटल मुद्रा क्रिप्टोसम्बन्धी रिटमा सुनुवाई हुँदै


काठमाडौं – डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई सरकारी मान्यता दिनुपर्ने मागसहित परेको रिटमा आज सुनुवाई हुने भएको छ ।

गत बिहीबार परेको रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाई हुने भएको हो ।

नेपाल राष्ट्र बैंकको क्रिप्टोलगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग राख्दै अधिवक्ता सागर बराललगायतले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

उक्त रिट बरालसहित अधिवक्ता कोसीस गिरि, अधिवक्ता सागर बराल, अधिवक्ता दिपेश ढकाल र सार्वजनिक नीति र कानूनका विद्यार्थी सम्पूर्ण बस्नेत, अर्थशास्त्रका बिद्यार्थी सौगात राज बरालले दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया