आइपिओ भर्दा लाग्ने शुल्क घट्यो


काठमाडौं – नेपाल धितोपत्र बोर्डले आइपिओ भर्दा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ।

आइतबार बसेको बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

उनका अनुसार अब आइपिओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल गरिने निर्णय भएको छ । सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जाने अध्यक्ष हमालले बताए।

सार्वजनिक निष्कासनमा बोर्डबाट सि- आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया