प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि ७६ वटा दल दर्ता
काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७६ वटा दल दर्ता भएका छन् ।
निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् ।
दल दर्ताका लागि आयोगले दिएको समय आज सकिएको छ । त्यसअनुसार खदल दर्ताको अन्तिम समयसम्म ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैचरणमा गर्ने घोषणा गरेको छ भने त्यहीअनुसार आयोगले तयारी गरिरहेको छ ।