पाठ्यपुस्तक छपाइमा लापरबाही, पाठको शीर्षक भए पनि बिषयवस्तु खाली
हुुम्ला – कक्षा ८ को नेपाली बिषयका दुुई वटा पाठको बिषयवस्तु नछापिएर खाली आएपछि पठनपाठनमा विद्यार्थीलाई समस्या भएको छ । पाठको शीर्षक भए पनि बिषयवस्तु खाली आउँदा छपाइमा लापरवाही भएको प्रष्टै देखिएको हो ।
बालमन्दिर माध्यमिक विद्यालयमा नेपाली विषय अध्यापन गर्ने शिक्षक मधु बस्नेतले जनक शिक्षाको लापरवाहीले दुुई वटा पाठको विषयबस्तु पुस्तकमा नछापिएको बताए । पाठको शीर्षक मात्र छापिएर आएको भए पनि अन्य विषय नछापिएको बताए । पाठका बिषयबस्तु नछापिएर आएका पाठमा पाठ ३ को देबकुमारी थापा र ४ को ग्रन्थचित्र रहेको बताए ।
सो कक्षाका छात्रा अलिस्मा बोहराले यति धेरै गम्भीर त्रुटी हुनु राम्रो नभएको बताउँदै यसको समस्या तत्काल समाधान गर्न सरोकारवाला पक्षसँग आग्रह गरे । शीर्षक मात्र भएर केही गर्न नसकिने बताउँदै पूर्णपाठ नपढी बिद्यार्थीले जानकारी लिन नसक्ने बताए ।
समस्या समाधान नभई यसभित्र बिधार्थीले गर्नुपर्ने क्रियाकलाप गर्न नसकिने उनले बताए । कक्षा ८ मा ५६ जना बिद्यार्थी अध्ययनरत छन् । यस्तो गम्भीर त्रुटी गर्ने निकायलाई तत्काल कारवाही प्रक्रिया अघि बढाउन उनले माग गरे।