प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे डा.भट्टराई


काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महेन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

मंगलबार दिउँसो उनीहरु बालुवाटार पुगेको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् ।

समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया