इन्टर मिलानसँग पराजित युभेन्टसको उपाधि यात्रामा समेत धक्का


काठमाडौं – इटालियन सिरी ए फुटबलमा युभेन्टस पराजित भएको छ । आइतवार राति भएको खेलमा युभेन्ट्स इन्टर मिलानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन आर्टुरो भिदाल र निकोलो बारेल्लाले एक एक गोल गरे । इन्टरका भिदालले खेलको १२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा निकोलोले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।

युभेन्टसलाई पराजित गरेसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ । दोस्रो स्थानमा रहेको इन्टरको ४० अंक रहेको छ । मिलानको पनि ४० अंक रहेको छ ।

युभेन्टस ३३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । यो हारले युभेन्टसको उपाधि यात्रामा समेत धक्का लागेको छ ।

एजेन्सी

प्रतिक्रिया