मध्यावधि निर्वाचनका लागि ८ अर्ब बढी खर्च लाग्ने आयोगको अनुमान


काठमाडौँ – निर्वाचन आयोगले आगामी बैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आठ अर्व आवश्यक हुने आँकलन गरेको छ ।

आइतवार राजनीतिक दलका प्रतिनिधिहरुसँग मध्यावधि निर्वाचनका लागि भएको छलफलका क्रममा आयोगले चुनाव खर्चबारे प्रारम्भिक आँकलन गरिँदा ८ अर्व चाहिने जनाएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आयोले भने निर्वाचनको तायारी गरेको छ । प्रतिनिधिसभा विघटनको मुद्दाबारे निरन्तर सुनुवाइ भइरहेको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी अघि बढाएको छ । आयोगले निर्वाचनको तयारीका लागि अदालतको विचाराधिन मुद्दा कुर्न नपर्ने बताएको छ । मतदान स्थल र केन्द्र तथा मतदाता नामावली अध्यावधिकको कार्य पनि अघि बढाएको आयोगले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरिएको थियो । वैशाख १७ र २७ गतेका लागि चुनावसमेत तय गरिएको छ ।

निर्वाचन आयोगले आज वार्षिक प्रतिवेदन बुझाउने तयारी पनि गरेको छ । आयोगले प्रतिवेदन दिउँसो १ बजे राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया