

आरसी लामिछानेले पाए अनेरास्ववियुको कार्यवाहक अध्यक्षकाे जिम्मेवारी

काठमाडौं – नेकपा एमाले निकट अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेलाई दिइएको छ ।
अध्यक्ष सुनिता बराल केही दिनका लागि देश बाहिर जाने भएकाले वरिष्ठ उपाध्यक्षसमेत रहेका लामिछानेले कार्यवाहक जिम्मेवारी पाएका हुन् ।
बरालको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको रुपमा लामिछानेले भूमिका निर्वाह गर्ने भएका छन् ।

